पोल्याण्ड पठाइदिने भन्दै लाखौं रकम ठगी गरेको आरोपमा एकजना पक्राउ

भक्तपुर न्यूज

६ पुष २०८० १०:४४

पोल्याण्ड पठाइदिने भन्दै लाखौं रकम ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिने भन्दै लाखौं रकम ठगी गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका -१३ बालकोट बस्ने २५ वर्षीय प्रदिप बुढाथोकी रहेको प्रहरीले जनाएको छ।

पोल्याण्ड पठाइदिने बहानामा बुढाथोकीले पीडित कल्पना विश्वकर्माबाट १ लाख ८० हजार रकम लिइ फरार रहेका थिए। विश्वकर्माले आफू ठगिएको थाहा पाएपछि बुढाथोकीविरुद्ध उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा खोजतलास गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुढाथोकीलाई नयाँ बानेश्वरबाट पक्राउ गरेको हो।

उनले पोल्याण्ड जान ७ लाख ५० हजार रुपैयाँ लाग्ने, त्यहाँ पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने,मासिक १ लाख २० हजार तलब हुने विश्वास दिलाइ पीडित विश्वकर्माबाट १ लाख ८० हजार रकम लिइ फरार रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनलाई अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहचाल पठाएको प्रहरीले जनाएको छ।

प्रकाशित मितिः २०८० पौष ०६ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय