राष्ट्रियसभा निर्वाचनः प्रस्तावित उम्मेदवारको नाम पठाउन माओवादी केन्द्रको निर्देशन

भक्तपुर न्यूज

६ पुष २०८० ८:०६

राष्ट्रियसभा निर्वाचनः प्रस्तावित उम्मेदवारको नाम पठाउन माओवादी केन्द्रको निर्देशन

काठमाडौं । सत्तारूढ नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभाका उमेदवारको प्रस्तावित नाम पठाउन माहतका कमिटीलाई निर्देशन दिएको छ । बिहीबारको पदाधिकारी बैठकपछि प्रदेश तहमा ‘सर्कुलर’ पठाइएको हो ।

प्रदेशहरू एवं जनवर्गीय संगठन/मोर्चाहरूले समूहअनुसार संस्थागत रूपमा प्राथमिकताका आधारमा बढीमा तीनजनासम्म प्रस्तावित उमेदवारको नाम पठाउन भनिएको छ । उमेदवारको नाम एक हप्ताभित्र केन्द्रीय कार्यालयमा आइ पुग्ने गरी पठाउन निर्देशन दिइएको छ ।

आउँदो माघ ११ गते हुने निर्वाचनका निम्ति यही पुस २३ गते उमेदवारी दर्ता गरिने निर्वाचन आयोगले जनाएको छ । १९ पदका निम्ति निर्वाचन हुन लागेको हो ।

प्रकाशित मितिः २०८० पौष ०६ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय