पश्चिमी मंगोलियाको तापक्रम माइनस ५० डिग्री सेल्सियस

भक्तपुर न्यूज

६ पुष २०८० ७:०२

पश्चिमी मंगोलियाको तापक्रम माइनस ५० डिग्री सेल्सियस

काठमाडौं । पश्चिमी मंगोलियाको तापक्रम माइनस ५० डिग्री सेल्सियसमा झरेको छ । यस वर्षकै यो सबैभन्दा बढी चिसो भएको देशको मौसम अनुगमन एजेन्सीले जनाएको छ । गएको हप्ताको प्रारम्भदेखि रुसको साइबेरियाबाट सुरु भएको चिसो मंगोलियाका अधिकांश स्थानमा रहेको छ । चिसो लहर आज पनि जारी रहने अनुमान गरिएको छ ।

मौसम एजेन्सीका अनुसार सन् १९९६ डिसेम्बर २६ मा मंगोलियाको इतिहासमा सबैभन्दा चिसो मापन गरिएको थियो । त्यस दिन तापक्रम माइनस ५५.६ डिग्रीमा झरेको थियो । एजेन्सी

प्रकाशित मितिः २०८० पौष ०६ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय