लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराको एक होटलबाट पाँच ग्राम लागूऔषध ब्राउन सुगरसहित तीन जना युवा पुस ४ गते राति पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नं. ९ पृथ्वीचोकस्थित होटल डाँफे मुनालबाट उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा झापा धुलाबारी नगरपालिका वडा नं. १० घर भएका ३० वर्षीय सबिन अली, संखुवासभाको खाँतबारी नगरपालिका वडा नं.१ का वर्ष १९ को सन्दीप अधिकारी र धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नं.२ का वर्ष २५ का सबिन घले रहेका छन् ।
होटलमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनाविरुद्ध कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा १० दिनको म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २०८० पौष ०६ शुक्रबार
