आज दोहोरो अङ्कले घट्यो शेयर बजार

भक्तपुर न्यूज

५ पुष २०८० १०:३२

आज दोहोरो अङ्कले घट्यो शेयर बजार

काठमाडौं । लगातार सात दिनसम्म बढेको शेयर बजार आज बिहीवार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३२ दशमलव ७७ अङ्कले घटेर दुई हजार एक सय नौ दशमलव १० विन्दुमा झरेको छ ।

आज व्यापार र उत्पादन समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर ओरालो लागेको छ । समग्रमा बजार घटे पनि १० वटा कम्पनीको शेयर भने बढेर सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा धेरै सूर्यज्योति लाइफ इन्सुरेन्सको शेयर झन्डै आठ प्रतिशत र उन्नति सहकार्य लघुवित्तको शेयर सात प्रतिशतले घटेको छ ।

बजारसँगै आज कारोबार रकममा पनि कमी आएको छ । हिजो बुधवार सात अर्ब रुपैयाँको कारोबार भएकोमा आज एक करोड ७१ लाख कित्ता शेयर छ अर्ब २७ करोड ४३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको ३० करोड ६८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रकाशित मितिः २०८० पौष ०५ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय