सुनको भाउ स्थिर, चाँदीको मूल्य बढ्यो
काठमाडौं । सुनको भाउ आज भने स्थिर रहेको छ । अघिल्लो दिन तोलामा १ हजार रुपैयाँले बढेको थियो । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १९ हजार रुपैयाँ कायम रहेको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार ४५० रुपैयाँ निर्धारण रहेको छ ।
यता आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले बढेर १४ सय ८० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १४ सय ६५ रुपैयाँ कायम रहेको छ ।
प्रकाशित मितिः २०८० पौष ०५ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
