चार वर्ष भन्दा कम उमेरका बालबालिकामा कफ सिरप प्रयोगमा प्रतिबन्ध

भक्तपुर न्यूज

५ पुष २०८० ५:३३

चार वर्ष भन्दा कम उमेरका बालबालिकामा कफ सिरप प्रयोगमा प्रतिबन्ध

काठमाडौं । भारतीय औषधि नियामक संस्था सेन्ट्रल ड्रग्स स्ट्यान्ड कन्ट्रोल अर्गानाइजेशनले चार साल भन्दा कम उमेरका बच्चालाई रुघाखोकीको औषधि (कफ सिरप) प्रयोग गर्न रोग लगाएको छ। उक्त संगठनले हालै गरेको निर्णअनुसार अब त्यस्ता औषधिमा चार वर्ष भन्दा कम उमेरकालाई प्रयोग गर्न निषेध लेखिएको हुनुपर्नेछ।

कफ सिरफका कारण १०० भन्दा बढी बालबालिकाको मृत्यु भएपछि भारत सरकारले यस्तो निर्ण गरेको हो। बालबालिकाहरुको मृत्यु हुन थालेपछि रुघाखोकीमा प्रयोग हुने त्यस्ता औषधिलाई लिएर चिन्ता जनाइएको थियो। त्यहीबेला चार वर्ष भन्दा तलका बालबालिकामा फिक्स्ड ड्रग कम्बिनेशनवाला औषधि प्रयोग नगर्न भनिएकव थियो।

अब त्यस्ता औषधि बनाउने कम्पनीले अनिवार्य रुपमा चार वर्ष भन्दा तलका लागि हानिकारक रहेको चेतावनीसहितको लेब लगाउनुपर्ने भएको छ। फिक्स्ड-ड्रग कम्बिनेशनमा क्लोरफेनिरामाइन म्यालेट र फिनाइलफ्राइन मिसिएको हुन्छ। यसको प्रयोग रुघाखोकी र चिसो लागेको उपचारका लागि गरिन्छ। विश्व स्वास्थ्य ‌संगठनले पाँच वर्ष भन्दा कम उमेरका बालिबालिका लागि खोकीको औषधि प्रयोगलाई प्रबर्द्धन गरेको छैन।

प्रकाशित मितिः २०८० पौष ०५ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय