पोखराबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको आकस्मिक ढोका खुलेपछि…

भक्तपुर न्यूज

५ पुष २०८० ५:०९

पोखराबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको आकस्मिक ढोका खुलेपछि…

काठमाडौं । पोखराबाट काठमाडौँका लागि उड्न लागेको बुद्ध एयरको विमानको आकस्मिक ढोका अचानक खोलिएको छ। बिहान ९ बजेर ४० मिनेटमा पोखराबाट काठमाडौँ उड्न लागेको उडान नं.६५२ को जहाजको आकस्मिक ढोका यात्रुले खोलेका हुन्।

यात्रुबाट के कति कारणले ढोका खुल्न गएको हो,यसबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले अध्ययन गरिरहेका पनि बुद्ध एयरले जनाएको छ ।

बुद्ध एयरले भनेको छ- उडान नं. ६५२ का जहाजको इमर्जेन्सी ढोका यात्रुबाट के कति कारणले खुल्न गएको हो, यसबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले बुझ्दै छन्। इमर्जेन्जी डोरका सिटमा बस्ने यात्रुलाई हाम्रा विमान परिचारिकाले हरेक उडानमा यसबारे ब्रिफिङ गरेका हुन्छन्। हाम्रा प्राविधिक टोलीले जहाजको चेकजाँच गर्दै छन्। यात्रुलाई अर्को जहाजबाट काठमाडौँ ल्याउन लागिएको छ।

प्रकाशित मितिः २०८० पौष ०५ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय