चिनिया राष्ट्रपति सी र रूसी प्रधानमन्त्री मिखाइलबीच भेटवार्ता

भक्तपुर न्यूज

४ पुष २०८० ११:०४

चिनिया राष्ट्रपति सी र रूसी प्रधानमन्त्री मिखाइलबीच भेटवार्ता

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिङपिङले बुधबार बेइजिङमा रूसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनसँग भेटवार्ता गरेका छन् । चालू वर्षमा रूसी राष्ट्रपति पुटिनसँग दुईपटक भेटवार्ता गरेको उल्लेख गर्दै राष्ट्रपति सीले दुई देशका सरकार तथा संसद् राजनीतिक दल र स्थानीय तहबीच विभिन्न व्यापारिक सहयोग भएको बताए ।

यस वर्षमा चीन तथा रूसबीचको द्विपक्षीय व्यापार मात्रा दुई सय अर्ब अमेरिकी डलरको लक्ष्य हासिल गरी दुई देशीय सम्बन्ध लाभकारी, लचिलो तथा व्यापक भएको राष्ट्रपति सीको भनाइ छ । यसै सन्दर्भमा उनले चीन र रूस सम्बन्धलाई कायम राख्दै विकास गर्नु दुवै देशका जनताको हितमा छनोट भएको बताए ।

चीनले रूसी जनताको रोजाइको विकासको बाटोमा हिड्न सहयोग गरेको बताउँदै राष्ट्रपति सीले आगामी वर्ष चीन रूसको कूटनीतिक सम्बन्ध स्थापना भएको ७५औँ वार्षिकोत्सवलाई नयाँ विन्दुमा पुर्याउने विश्वास व्यक्त गरे ।

प्रकाशित मितिः २०८० पौष ०४ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय