‘संकल्प यात्रा’ अभियानको समीक्षा गर्न एमाले नेताहरू च्यासलमा भेला
काठमाडौं । नेकपा एमालेका पदाधिकारीहरु पार्टी मुख्यालय च्यासलमा भेला भएका छन् । पार्टीको अनौपचारिक सचिवालय बैठकका लागि एमाले नेताहरु च्यासलमा भेला भएका हुन् ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालयको नेताहरूबीच अनौपचारिक छलफल भइरहेको छ । एमालेले मंसिर १४ गतेदेखि पुस १ गतेसम्म मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान चलाएको थियो ।
बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभन्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा गरेको थियो । सोही अभियानको समीक्षा गर्न नेताहरू छलफलमा जुटेका हुन् ।
प्रकाशित मितिः २०८० पौष ०४ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
