अस्ट्रेलियाका कप्तान प्याट कमिन्स आईपीएल इतिहासकै महँगा खेलाडी

भक्तपुर न्यूज

३ पुष २०८० ९:११

अस्ट्रेलियाका कप्तान प्याट कमिन्स आईपीएल इतिहासकै महँगा खेलाडी

काठमाडौं । अस्ट्रेलिया क्रिकेट टिमका कप्तान तथा अलराउन्डर प्याट कमिन्स इन्डियन प्रिमियर लिग (आईपीएल) इतिहासकै महँगा खेलाडी बनेका छन् ।

यूएईको दुबईमा चलिरहेको आईपीएल मिनी अक्शनमा प्याट कमिन्सलाई सनराइजर्स हैदराबादले २० करोड ५० लाख भारुमा अनुबन्ध गरेको हो । यसअघि इङ्ग्ल्यान्डका युवा अलराउन्डर साम करन सर्वाधिक महँगा खेलाडी थिए । गएको वर्षको मिनी अक्शनमा उनलाई पन्जाब किङ्ग्सले १८ करोड ५० लाख भारुमा अनुबन्ध गरेको थियो ।

कमिन्सलाई अनुबन्ध गर्नका लागि हैदराबाद र रोयल च्यालेन्जर्स बेङ्ग्लोरबीच प्रतिस्पर्धा भए पनि अन्तिममा हैदराबादले कीर्तिमानी मूल्यमा अनुबन्ध गर्‍यो ।

कमिन्स अस्ट्रेलियालाई आईसीसी एकदिवसीय विश्वकप जिताउने कप्तान पनि हुन् । फाइनलमा भारतलाई ६ विकेटले हराउँदै अस्ट्रेलिया छैटौँ पटक च्याम्पियन बनेको थियो ।

प्रकाशित मितिः २०८० पौष ०३ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय