अर्को निर्णय नगर्दासम्म त्रिभुवन विमानस्थलको ‘ग्राउन्ड ह्यान्डलिङ’ निगमकै स्वामित्वमा रहने

भक्तपुर न्यूज

२ पुष २०८० ८:१८

अर्को निर्णय नगर्दासम्म त्रिभुवन विमानस्थलको ‘ग्राउन्ड ह्यान्डलिङ’ निगमकै स्वामित्वमा रहने

काठमाडौं । नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदान गर्दै आएको ग्राउण्ड ह्याण्डलिङ सेवाको जिम्मेवारी नेपाल वायुसेवा निगमसँग यथावत रहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले निगममा आन्दोलनरत कर्मचारी युनियनहरुलाई आन्दोलन स्थगित गर्न आग्रह गर्दै यस्तो कुरा बताएका हुन् । उनले ग्राउण्ड ह्याण्डलिङ सेवाबारे सरकारले कुनै निर्णय नगरेको जानकारी दिएका हुन् ।

मन्त्री किरातीको निजी सचिवालयका शाखा अधिकृतले लेखेको पत्रमा ग्राउण्ड ह्याण्डलिङ सेवा सम्बन्धमा औपचारिक रुपमा मन्त्रालयमा कुनै छलफल तथा आधिकारिक निर्णय नभइसकेको उल्लेख छ ।

यस अघि नेपाल नागरिक उड्डयन प्राधिकरणले मंसिर १५ गते एक निर्णय गर्दै निगमको उक्त जिम्मेवारी अन्य विमान सेवा कम्पनीलाई प्रतिस्पर्धाको आधारमा गराउने तयारी गरेको थियो। त्यसपछि निगमका कर्मचारीहरु आन्दोलित भएका थिए । निगमले पछिल्लो समय उक्त सेवाबाट करिब ४ अर्ब रुपैयाँ आम्दानी गर्दै आएको देखिन्छ ।

11_doA9Vej2QV

प्रकाशित मितिः २०८० पौष ०२ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय