साताको अन्तिम दिन उकालाे लाग्याे सुनचाँदीको मूल्य

भक्तपुर न्यूज

२९ मंसिर २०८० ७:२२

साताको अन्तिम दिन उकालाे लाग्याे सुनचाँदीको मूल्य

काठमाडौं । साताको अन्तिम दिन सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४०० र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।

छापावाल सुनको मूल्य एक लाख १९ हजार एक सय, तेजावी सुनको मूल्य एक लाख १८ हजार ५५० र एक हजार ४७० रुपैयाँ तोकिएको छ । हिजो बिहीबार एक लाख १८ हजार ८०० रुपैयाँमा छापावाल सुन, एक लाख १८ हजार २५० रुपैयाँमा तेजावी सुन र एक हजार ४५५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

प्रकाशित मितिः २०८० मंसिर २९ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय