लाभाको ‘ए९३’ नयाँ फोन सार्वजनिक
काठमाडौं, २८ असार । मोबाइल उत्पादक कम्पनी लाभाले ‘ए९३’ मोडलको नयाँ बजेट फोन सार्वजनिक गरेको छ । लाभाले लन्च गरेको यस फोन एन्ड्रोइड ६.० भर्सनसहित ५.५ इन्च एचडी स्क्रिनमा उपलब्ध छ ।
२ जीबी र्याम तथा १६ जीबी इन्टरनल मेमोरी र १.२ गिगाहर्ज क्वाडकोर प्रोसेसर भएको यस फोनमा ८ मेगापिक्सेल रियरकासाथ २ मेगापिक्सेल सेल्फी क्यामेरा छ ।
३००० एमएएच ब्याट्री क्षमता रहेको यो फोनको भारतीय बजारमा ७ हजार ९ सय ९९ रुपैंयाँ मूल्य निर्धारण गरिएको छ । यो मोडलको फोन नेपाली बजारमा भने आइसकेको छैन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
