फोन–पेले सञ्चालक समितिको अध्यक्षमा सशीन जोशी नियुक्त

भक्तपुर न्यूज

२८ मंसिर २०८० ८:२५

फोन–पेले सञ्चालक समितिको अध्यक्षमा सशीन जोशी नियुक्त

काठमाडौं । फोन–पेले सञ्चालक समितिको अध्यक्षमा सशीन जोशीलाई नियुक्त गरेको छ। उनले बुधबार नै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्राबाट शपथ लिइ पदावली समेत गरेका छन्। यसअघि उनी कम्पनीको स्वतन्त्र सञ्चालकको रुपमा आवद्ध थिए।

जोशी जोखिम व्यवस्थापन, रणनैतिक योजना र अन्तर्राष्ट्रिय व्यापारमा विशेष दखल राख्ने बैंकरको रुपमा परिचित छन्। करिब दुई दशकभन्दा बढी समय उनी नेपालको प्रमुख बैंकिङ संस्थाहरूमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए।

प्रकाशित मितिः २०८० मंसिर २८ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय