विश्वको दबाबले पनि हमासविरुद्ध इजरायलको लडाइँ रोकिँदैन : प्रधानमन्त्री नेतान्याहु

भक्तपुर न्यूज

२८ मंसिर २०८० ५:२०

विश्वको दबाबले पनि हमासविरुद्ध इजरायलको लडाइँ रोकिँदैन : प्रधानमन्त्री नेतान्याहु

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासविरुद्ध जारी इजरायली लडाइँ कसैले, विश्वको दबाबले पनि रोक्न नसक्ने बताएका छन्। नेतन्याहुले सोसल मिडिया प्लेटफर्म एक्समा भिडिओ सन्देश जारी गर्दै उनले हमासविरुद्धको आक्रमण जारी रहने बताएका हुन्।

भिडिओमा उनले भनेका छन्, ‘मैले मैदानमा रहेका कमान्डरहरूलाई के भनेको छु भन्ने कुरा स्पष्ट रूपमा भन्न चाहन्छु– हामी यो लडाइँलाई अन्तिम समयसम्म जारी राख्नेछौँ, यसमा कुनै प्रश्नै छैन। हाम्रा सिपाहीहरू गुमाउनुको ठूलो पीडा र अन्तर्राष्ट्रिय दबाबको बाबजुद पनि म यो भन्दैछु।’ उनले अगाडि भनेका छन्, ‘हामीलाई कुनै पनि कुराले रोक्न सक्दैन, हामी अन्त्यसम्म लड्नेछौँ र जित्नेछौँ।’

प्रकाशित मितिः २०८० मंसिर २८ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय