सस्पेन्स थ्रिलर फिल्म ‘कंगारू’ मा अर्पण थापा अनुबन्धित

भक्तपुर न्यूज

२६ मंसिर २०८० १०:३८

सस्पेन्स थ्रिलर फिल्म ‘कंगारू’ मा अर्पण थापा अनुबन्धित

काठमाडौं । सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको फिल्म ‘कंगारू’ मा अभिनेता अर्पण थापा अनुबन्धित भएका छन्। अर्पण थापा र निर्माण टिमबीच मंगलबार औपचारिक रूपमा सम्झौता भएको हो। यसअघि फिल्ममा केदार घिमिरे ‘माग्ने बुढा’ अनुबन्ध भइसकेका छन्।

राजीव गुरुङ ‘दीपक मनाङे’ को प्रस्तुतिमा तयार हुन लागेको फिल्म सस्पेन्स, थ्रिलर र कमेडी जनरामा बन्ने छ। फूलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसँग आस्याप इन्टरटेनमेन्टको सहकार्यमा यो फिल्म निर्माण हुन लागेको हो। फिल्ममा प्रेम थापा, धन बहादुर गुरुङ र लक्ष्मी राई निर्माताको रूपमा छन्।

फिल्मको सह-निर्मातामा रोनिश बहादुर बस्नेत छन्। टीका भण्डारी र सन्तोष अधिकारी कार्यकारी निर्माता रहेको फिल्मको लाइन प्रोड्यूसरमा आस्याप इन्टरटेन्मेन्ट रहेको छ। फिल्ममा सीमा गुरुङको कथा, महेश दवाडीको पटकथा छ। फिल्म निर्माणमा लक्ष्मी ज्वेलर्स युकेले पनि सहकार्य गरेको छ। फिल्मका प्रोडक्सन डिजाइनर दिलीप पन्त छन्।

प्रकाशित मितिः २०८० मंसिर २६ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय