रिलेबलिङ गरि दुग्धजन्य पदार्थ बिक्री गर्ने डेरीलाई तीन जाख जरिवाना

भक्तपुर न्यूज

२६ मंसिर २०८० ८:४७

रिलेबलिङ गरि दुग्धजन्य पदार्थ बिक्री गर्ने डेरीलाई तीन जाख जरिवाना

काठमाडौं । दुग्धजन्य पदार्थ रिलेबलिङ गरि बेच्ने भक्तपुरको एक डेरीलाई तीन लाख जरिवाना तिराइएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको बजार अनुगमन टोलीले सोमबार उक्त डेरीलाई उत्पादित वस्तुको गुणस्तर, परिणाम, मूल्य र नापतौलमा हेरफेर गरेको आरोपमा जरिवाना तिराएको हो । अत्यावश्यक पेय पदार्थ दूधमा अनिवार्य रुपमा लेबलिङ गर्नुपर्नेमा लेबलिङमा हेरफेर गरि ग्राहकलाई ठगी गर्न लागेको भन्दै जरिवाना तिराइएको हो ।

सोमबारको अनुगमनमा खरिद बिल बिजक नराखेको आरोपमा बल्खुको अर्को एक तरकारी पसललाई १० हजार जरिवाना तिराइएको छ ।

प्रकाशित मितिः २०८० मंसिर २६ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय