एसीसी यु–१९ एसिया कप : भारतलाई नेपालको ५३ रनको झिनो लक्ष्य
काठमाडौं । एसीसी यु–१९ एसियाकपमा नेपालले भारतलाई रनको झिनो ५३ लक्ष्य दिएको छ । भारतविरुद्ध नेपालको बलिङ चल्न सकेन् । नेपालका कुनै पनि खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । नेपालका दुई खेलाडीले रनको खाता नै खोल्न सकेनन् ।
आइसीसी एकेडेमीको मैदानमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल भारतसँग २२.१ ओभरमा ५२ रन बनाउँदा अलआउट भएको हो । नेपालका उत्तम रंगु थापामगर र दिपक प्रसाद ढुम्रेले खाता नै खोल्न सकेनन् ।
नेपालका लागि हेमन्त धामीले सर्वाधिक ८ रन जोडे । त्यस्तै नेपालका दिपक बोहरा र अर्जुन कुमालले समान ७–७ रनको योगदान गरे । दिपेश कँडेल र गुल्शन झाले समान ४–४ रन बनाउँदा सुवास भण्डारी र कप्तान देव खनालले दुई दुई रन जोडे । ओपन दिपक बोहरा एक रनमा आउट भएका हुन् । नेपालका आकाश चन्द ४ रनमा अविजित रहे ।
भारतका लागि राज लिम्बानीले सर्वाधिक ७ तथा आराध्या शुक्लाले दुई र अर्सिुन अतुल कुलकर्नीले एक विकेट लिए । जारी प्रतियोगितामा नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट तथा दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो ।
प्रकाशित मितिः २०८० मंसिर २६ मंगलबार
