संकल्प यात्रामा अवरोध गर्न खोजेको भन्दै खोटाङबाट ३ जना पक्राउ

भक्तपुर न्यूज

२६ मंसिर २०८० ६:०७

संकल्प यात्रामा अवरोध गर्न खोजेको भन्दै खोटाङबाट ३ जना पक्राउ

काठमाडौं । नेकपा एमालेको मध्यपहाडी क्षेत्र केन्द्रित संकल्प यात्रालाई अवरोध गर्न खोजेको आरोपमा प्रहरीले खोटाङबाट ३ जनालाई पक्राउ गरेको छ। प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिमा आबद्ध रहेका भनिएका ३ जनालाई प्रहरीले खोटाङको हलेसीबाट पक्राउ गरेको हो। पक्राउ परेकाहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।

मध्यपहाडी पुष्पलाल लोकमार्गको पश्चिमी सीमावर्ती विन्दु बैतडीको झुलाघाटबाट सुरु भएको एमालेको संकल्प यात्रा मंगलबारबाट कोशी प्रदेश प्रवेश गर्दैछ। एमालेको संकल्प यात्रा उदयपुरको घुर्मीबाट कोशी प्रदेश गर्नेछ।

कोशी प्रदेशमा घुर्मीबाट सुरु हुने एमालेको यात्रा भोजपुरको चखेवा भन्ज्याङ, धनकुटाको पाख्रीबास, तेह्रथुमको वसन्तपुर, म्याङ्लुङ र पाँचथरको फिदिम हुँदै पुस २ गते चिवाभञ्ज्याङ पुग्नेछ। यात्राको अन्तिम विन्दु चिवाभञ्ज्याङ हो।

एमालेको संकल्प यात्रामा हुनसक्ने सम्भावित अवरोध र त्यसबाट उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै प्रहरीले पूर्वी पहाडको सुरक्षा व्यवस्था कडा बनाएको छ। पहाडी क्षेत्रमा सुरक्षा व्यवस्था मजबुत बनाउन तराईका जिल्लाबाट समेत सुरक्षाकर्मीहरु पहाडमा परिचालन गरिएको छ।

प्रकाशित मितिः २०८० मंसिर २६ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय