छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक पक्राउ

भक्तपुर न्यूज

२५ मंसिर २०८० १०:५५

छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक पक्राउ

काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६ स्थित कमलादेवी माध्यमिक विद्यालयका दुई शिक्षक छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । पीडित छात्राको जाहेरीका आधारमा गत शुक्रबार पक्राउ परेका शिक्षकद्वय सुरेन्द्र कोइराला र कविराज पौडेलमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विद्यालयमा अध्ययनरत दुई छात्राले जाहेरी दिएपछि पक्राउ परेका उनीहरूलाई सिन्धुपाल्चोक जिल्ला अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ ।

प्रकाशित मितिः २०८० मंसिर २५ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय