‘एनिमल’अभिनेता कुणाल ठाकुरसँग विवाह बन्धनमा बाँधिए मुक्ति मोहन

भक्तपुर न्यूज

२५ मंसिर २०८० ७:२३

‘एनिमल’अभिनेता कुणाल ठाकुरसँग विवाह बन्धनमा बाँधिए मुक्ति मोहन

काठमाडौं । डान्सर तथा अभिनेत्री मुक्ति मोहनले बिहे गरेकी छन्। उनले शनिबार अभिनेता कृणाल ठाकुरसँग विवाह गरेकी हुन्। मुक्तिले आफ्नो विवाहको केही तस्बिर इन्स्टाग्राममा सार्वजनिक गरेकी छन्। तस्बिरमा मुक्तिको दिदीबहिनी शक्ति मोहन, नीति मोहन र कृति मोहनलाई देख्न सकिन्छ।

‘मैले तपाईमा आफ्नो जीवनसाथी पाएँ। तपाईको साथ मैले पाउने भाग्यमा लेखिएको छ। भगवान, परिवार र साथीभाइको आशीर्वादका लागि आभारी छु। हाम्रो परिवार खुशी छन् र श्रीमान-श्रीमतीको रूपमा हाम्रो आगामी यात्राका लागि तपाईहरूको आशीर्वाद चाहन्छौं,’ उनले लेखेकी छन्।

मुक्तिले ‘झलक दिखला जा ६’ र ‘खतरों के खिलाडी ७’ मा भाग लिएकी थिइन्। उनले ‘लस्ट स्टोरिज २, हेट स्टोरी र ब्लड ब्रदर्स’ जस्ता फिल्ममा काम गरेकी छन्। कृणालले फिल्म ‘एनिमल’ मा रश्मिका मन्दनाको मंगेतरको भूमिका निर्वाह गरेका छन्।

mukti-1702277834.jpg

mukti-2-1702277833.jpg

mukti-1-1702277833.jpg

mukti-3-1702277833.jpg

mukti-4-1702277833.jpg

तस्बिरहरू: मुक्ति मोहनको इन्स्टाग्रामबाट

प्रकाशित मितिः २०८० मंसिर २५ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय