अफगानिस्तानविरूद्ध नेपालले लगातार गुमायो चौथो र पाँचौँ विकेट

भक्तपुर न्यूज

२४ मंसिर २०८० ११:३८

अफगानिस्तानविरूद्ध नेपालले लगातार गुमायो चौथो र पाँचौँ विकेट

काठमाडौं । एसीसी यू–१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा अफगानिस्तानले दिएको दुई सय ६२ रनको लक्ष्य पछ्याएको नेपालले लगातार रुपमा चौथो र पाँचौँ विकेट गुमाएको छ ।

नेपालले चौथो विकेटका रुपमा उत्तम रंगु थापामगर १४ बलमा चार रन बनाउँदै आउट भएका हुन् । उनलाई अफगानिस्तानका बलर नसिर खानले एलबीडब्लूको धरापमा पारेका हुन् । उनी आउट हुँदा नेपालले १८.३ ओभरमा ७८ रन बनाएको थियो ।

त्यसलगत्तै नेपालले पाँचौँ विकेट गुमाएको थियो । नेपालले पाँचौँ विकेटका रुपमा आकाश त्रिपाठीलाई शून्य रनमै गुमाएको थियो । उनलाई पनि नसिर खान मारुफखीले एलबीडब्लूकै धरापमा पारेका हुन् । उनी आउट हुँदा नेपालले १८.५ ओभरमा ७९ रन बनाएको छ ।

प्रकाशित मितिः २०८० मंसिर २४ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय