आइतबार सेयर बजारमा दोस्रो सकारात्मक ‘सर्किट ब्रेक’

भक्तपुर न्यूज

२४ मंसिर २०८० ६:११

आइतबार सेयर बजारमा दोस्रो सकारात्मक ‘सर्किट ब्रेक’

काठमाडौं । आइतबार सेयर बजारमा दोस्रो सकारात्मक ‘सर्किट ब्रेक’ लागेको छ । कारोबार खुलेको ५ मिनेटमै बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ४ प्रतिशत बढेपछि पहिलो सर्किट लागेको थियो । त्यसपछि २० मिनेट स्थगित भएर फेरि खुलेको कारोबारमा २ मिनेटमै अघिल्लो दिनको तुलनामा ५ प्रतिशत वृद्धि भएपछि दोस्रो सर्किट ब्रेक लागेको हो ।

दोस्रो सर्किट लागेपछि सेयर बजारको परिसूचक नेप्से ९२.७ अंक बढेर १९४५ अंकमा कायम भएको छ । ११:२७ बजेसम्म २९ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सो समयसम्म जलविद्युत् समूह सबैभन्दा धेरै ७ प्रतिशत बढेको छ । दोस्रो सर्किट ब्रेकपछि होटल तथा पर्यटन समूह ६, बैंकिङ ४.८, विकास बैंक ४.५, फाइनान्स ४.४, लगानी ५.१, जीवन बीमा ५, माइक्रोफाइनान्स ३.६, उत्पादन ४.५, निर्जीवन बीमा ४.५, अन्य ४.२ र ब्यापार उपसमूह ४ प्रतिशतले बढेका छन् ।

योसँगै कारोबार ४० मिनेटका लागि स्थगित भएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको समीक्षाले सेयर धितो कर्जाको जोखिमभार १२५ मा झारेपछि लगानीकर्तामा मनोबल बढेको छ । त्यसअघि यस्तो जोखिमभार १५० प्रतिशत थियो ।

प्रकाशित मितिः २०८० मंसिर २४ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय