भारतले थप तीन महिनासम्म प्याज निर्यातमा प्रतिबन्ध लगायो

भक्तपुर न्यूज

२२ मंसिर २०८० ७:५४

भारतले थप तीन महिनासम्म प्याज निर्यातमा प्रतिबन्ध लगायो

काठमाडौं । भारतले सन् २०२४ को मार्चको अन्त्यसम्मका लागि प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । आजैदेखि लागू हुनेगरी भारतको विदेश व्यापार महानिदेशालय र वाणिज्य तथा उद्योग मन्त्रालयले प्याज निर्यातमा प्रतिबन्ध लगाएको हो । यस अघि भारतले नियन्त्रीत मूल्यमा प्याज निर्यात गरिरहेको हो ।

अक्टोबर २९ देखि डिसेम्बर ३१ सम्म प्रतिकिलो न्यूनतम ६७ भारतीय रुपैयाँमा प्याज निर्यात गर्ने निर्णय गरेको थियो । तर आन्तरिक रुपमै प्याज र गोलभेडाको माग उच्च हुन थालेपछि भारतले पूर्व निर्धारित समय अगावै निर्यात प्रतिबन्ध लगाएको हो ।

यता सरकारले आयातितसँगै स्वदेशी आलु प्याजमा पनि भ्याट लगाएको भन्दै व्यापारीले काठमाडौंमा आलु र प्याजको बिक्री ठप्प पारेका छन् । भारतको निर्यात प्रतिबन्धसँगै आलु प्याज व्यापारीको विरोधले बजारमा आलु र प्याजको अभाव भएको छ । अभावबीच कालोबजारी मौलाउँदा आलु प्याजको कृत्रिम मूल्यवृद्धि भएको छ ।

प्रकाशित मितिः २०८० मंसिर २२ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय