पाकिस्तानविरुद्ध नेपालको ब्याटिङ संकटमा, गुल्सन पनि आउट
काठमाडौं । युएईमा आजदेखि सुरु भएको एसीसी उन्नाइस वर्षमुनि (यु-१९) एसिया कप क्रिकेट प्रतियोगितामा अहिले नेपाल र पाकिस्तानबीच खेल भइरहेकाे छ ।
पाकिस्तानविरुद्धको खेलमा टस हारेर पहिले ब्याटिङ थालेकाे नेपालले खराब सुरुवात गरेकाे छ । याे समाचार तयार पार्दासम्म नेपालका पाँच खेलाडी आउट भइसकेका छन् । १७ ओभरमा पाँच विकेट गुमाएर नेपालले जम्मा ४६ रन जाेडेकाे छ ।
नेपालका तिलक भण्डारी, अर्जुन कुमाल, गुल्शन झा, आकाश त्रिपाठी र देव खनाल आउट भएका हुन् । अहिले क्रिजमा दिपेश कँडेल र उत्तम मगर छन् । पाकिस्तानी खेलाडीकाे धारिलाे बलिङका सामु नेपालकाे इनिङ संकटमा परेकाे छ ।
पाकिस्तानका कप्तान मिराज ताहिर बैगले टस जितेर पहिला नेपाललाई पहिले ब्याटिङमा बाेलाएका हुन् । प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । नेपालको समूहमा पाकिस्तान, भारत र अफगानिस्तान छन् ।
प्रकाशित मितिः २०८० मंसिर २२ शुक्रबार
