रणवीर कपूरको फिल्म ‘एनिमल’ ले ६ दिनमा कति कमायो?

भक्तपुर न्यूज

२१ मंसिर २०८० १०:४७

रणवीर कपूरको फिल्म ‘एनिमल’ ले ६ दिनमा कति कमायो?

काठमाडौं । एनिमलले विश्वभर ५२७.६० करोड भारतीय रुपैयाँ संकलन गरेको छ । रणवीर कपुरको फिल्मले रिलिजको छैटौँ दिनमा यो उपलब्धि हासिल गरेको हो ।यो उनको करियरको दोस्रो उत्कृष्ट फिल्म बनेको छ । यसले ब्रह्मास्त्रको कूल आम्दानीलाई उछिनेको छ।

ब्रह्मास्त्रको विश्वव्यापी कलेक्सन ४१८ करोड रुपैयाँ थियो । एनिमलअघि रणवीर कपूरको २०१८ मा रिलिज भएको सञ्जु छ, जसले विश्वभर ५८६ करोडको व्यापार गर्‍यो। फिल्मले घरेलु बक्स अफिसमा मात्रै ३ सय करोड कमाएको छ । बुधबार फिल्मले घरेलु बक्स अफिसमा २९.६१ करोडको कलेक्सन गरेको थियो । फिल्मको कूल कलेक्सन ३१२.९६ करोड पुगेको छ । यी तथ्याङ्कहरू सबै भाषाहरूको लागि हुन्।

एनिमलको अहिलेसम्मको कलेक्सन
पहिलो दिन– ११६ करोड
दोस्रो दिन – १२० करोड
तेस्रो दिन – १२० करोड
चौथो दिन – ६९ करोड
पाँचौं दिन – ५६ करोड रुपैयाँ
छैटौं दिन– ४६.६० करोड (यी तथ्याङ्कहरू विश्वव्यापी बक्स अफिसका हुन्।)

प्रकाशित मितिः २०८० मंसिर २१ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय