सुदूरपश्चिमका मुख्यमन्त्री शाह र संघीय मन्त्री बस्नेतबीच भेटवार्ता

भक्तपुर न्यूज

२१ मंसिर २०८० ९:१५

सुदूरपश्चिमका मुख्यमन्त्री शाह र संघीय मन्त्री बस्नेतबीच भेटवार्ता

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह र संघीय सरकारका ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेतबीच काठमाडौँमा भेटवार्ता भएको छ । उनीहरूबीच सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिका विषयमा छलफल भएको बताइएको छ ।

४०० केभी पश्चिम सेती (बझाङ– बनलेक– दोधारा) लाइन छिनो निर्माण गर्न निर्देशन दिने विषयमा पनि छलफल भएको मुख्यमन्त्री कार्यालयको सचिवालयले जानकारी दिएको छ । ऊर्जा मन्त्रालय अन्तर्गतको कम्पनी राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले अध्ययन गरिरहेको र यो प्रसारण लाइन भारतीय एक्जिम बैङ्कको ऋण सहयोग निर्माण गर्ने सहमति भएको छ ।

उक्त प्रसारण लाइन निर्माण पछि समग्र सुदूरपश्चिम प्रदेश को विकासले गति पाउने अपेक्षा गरिएको छ । बिद्युत् विकास विभागद्वारा निर्माण भइरहेको बुढीगंगा जलविद्युत आयोजनाको लागि निर्माण गर्नु पर्ने बुढीगंगा पहलमानपुर १३२ केभी प्रसारण लाइन को निर्माण अगाडी बढाउने विषयमा पनि छलफल भएको छ ।

अन्तर्देशीय ४०० केभी लम्की–बरेली प्रसारण लाइन को निर्माण छिटो अगाडि बढाउन, बेतान कर्णाली जलविद्युत परियोजनालाई समयमै निर्माण गर्ने विषयमा छलफल भएको हो । मन्त्री बस्नेतले छलफलमा उठेका विषयहरूलाई गम्भीर रूपमा लिएको र आवश्यक निर्देशन दिने बताएका थिए ।

छलफलमा सुदूरपश्चिम सरकारको तर्फबाट मुख्यमन्त्री शाह सहित आर्थिक मामिला मन्त्री नरेश कुमार शाही र प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष अनुप कुमार उपाध्याय थिए ।

प्रकाशित मितिः २०८० मंसिर २१ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय