अध्यादेशमार्फत नियुक्ति पाएका ५२ जनाविरुद्धको रिट ‘हेर्न नभ्याइने’

भक्तपुर न्यूज

२० मंसिर २०८० ९:५३

अध्यादेशमार्फत नियुक्ति पाएका ५२ जनाविरुद्धको रिट ‘हेर्न नभ्याइने’

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसदीय सुनुवाई प्रक्रिया छलेर अध्यादेशमार्फत संवैधानिक निकायमा गरिएका ५२ जना को नियुक्तिविरुद्धको सर्वोच्च अदालतमा परेको रिट आज पनि ‘हेर्न नभ्याइने’ मा परेको छ ।

उक्त रिट आज सर्वोच्चको पूर्ण इजलासमा पेशी तोकिएको थियो । जहाँ प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित न्यायाधीशहरु आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल, सुष्मालता माथेमा र कुमार रेग्मी रहेको पूर्ण इजलास गठन गरिएको थियो ।

अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता डा। दिनेश त्रिपाठी लगायतले दायर गरेको रिटमा यसअघि २०७८ चैत ९ गते कारण देखाऊ आदेश जारी भएको थियो भने २०७९ असार ८ गतेको आदेशमा सबै मुद्दालाई लगाउमा राख्ने र सबै विपक्षीलाई जानकारी दिने आदेश भएको थियो ।

मुद्दामा संवैधानिक नियुक्ति लिएका ५२ जना, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, संवैधानिक परिषद्का सदस्य आदिलाई विपक्षी बनाइएको छ ।

प्रकाशित मितिः २०८० मंसिर २० बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय