कर्णाली नदीमा डुंगा पल्टिँदा बेपत्ता दर्लामीको शव ९ दिनपछि फेला
काठमाडौं । कर्णाली नदीमा डुंगा पल्टिँदा बेपत्ता भएका सुर्खेतका एक पुरूषको शव ९ दिनपछि फेला परेको छ। सुर्खेतको चौकुने गाउँपालिका–५ तोस्राका ५८ वर्षीय नन्दराम दर्लामीको शव मंगलबार फेला परेको हो।
कर्णाली प्रदेश प्रहरी कार्यालय मंसिर ११ गते साँझ कर्णाली नदी तर्नेक्रममा डुंगा पल्टिँदा दर्लामी बेपत्ता भएका थिए। उनको खोजी गर्ने क्रममा चौकुने गाउँपालिका–१० कुमालाको धुरखोलास्थित नदी छेउमा शव फेला परेको कर्णाली प्रदेश प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मितिः २०८० मंसिर २० बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
