सुनकाे मूल्यमा थप गिरावट, तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार

भक्तपुर न्यूज

२० मंसिर २०८० ५:३४

सुनकाे मूल्यमा थप गिरावट, तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार

काठमाडौं । बुधबार सुनचाँदीको मूल्यमा थप गिरावट आएको छ । हिजो सुन प्रति तोला २४ सय रुपैयाँले र चाँदी ४५ रुपैयाँले घटेको थियो । आज सुन थप आठ सय र चाँदी २० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १७ हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य सोमबार प्रति तोला एक लाख २१ हजार छ सय पुग्दै अल टाइम हाई रेकर्ड बनाएको थियो ।

बुधबार चाँदी प्रति तोला एक हजार चार सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि सोमबार इतिहासकै उच्च मूल्य अर्थात तोलाको एक हजार पाँच सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मितिः २०८० मंसिर २० बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय