पशुपतिमा शव सदगत गर्ने व्यक्तिले चार वर्षीया बालिकाको बलात्कार
काठमाडौं । पशुपतिमा शव सदगत गर्ने व्यक्तिले चार वर्षीया बालिकालाई बलात्कार गरेको खुलेको छ। बालिकालाई बलात्कार गरेको आरोपमा विगत १२ वर्षदेखि शव सदगत गर्दै आएका काभ्रेको भुम्लु गाउँपालिका–८ घर भई भएका सुमन खरेललाई पक्राउ गरेर प्रहरीले मुद्दा चलाएको छ।
खरेलले गत कात्तिक २३ गते ४ वर्षीया बालिकाको मुखमा ‘सेक्स’ गरेको भन्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ। पिंगलास्थानस्थित एक पसलको शौचालयमा खरेलले ती बालिकालाई बलात्कार गरेको बताइएको छ। पिंगलास्थानको एक पसलमा मदिरा सेवन गरेका खरेलले खेल्दै गरेकी बालिकालाई समातेर जबरजस्ती उनको मुखमा लिंग छिराएर बलात्कार गरेको प्रहरीले अभियोगपत्रमा उल्लेख गरिएको छ।
प्रकाशित मितिः २०८० मंसिर १८ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
