भारतको तीन राज्य विधानसभामा भाजपा विजयी

भक्तपुर न्यूज

१८ मंसिर २०८० ९:३५

भारतको तीन राज्य विधानसभामा भाजपा विजयी

काठमाडौं । भारतको छत्तीसगढ, मध्य प्रदेश, राजस्थान र तेलंगानामा भएको विधानसभा चुनावको मतगणना सकिएको छ । जसमध्ये तीन राज्यमा भाजपा विजयी भएको छ भने एउटा राज्य कांग्रेसको हातमा पुगेको छ । छत्तीसगढमा सत्तारुढ दल कांग्रेसलाई पछि पार्दै भाजपाले ५४ सिट जितेको छ । राजस्थानमा पनि भाजपाले कांग्रेसलाई १ सय १५ सिट जितेर पराजित गरेको छ । कांग्रेसले त्यहाँ ६९ सिट पाएको छ ।

जहाँ मध्य प्रदेशमा भाजपाले फेरि सरकार कायम राख्न सफल भएको छ । पार्टीले १६३ सिट जित्यो। जबकि कांग्रेसले ६६ सिट जितेको छ । तेलंगानामा कांग्रेसले बीआरएसलाई पछि पार्दै ६४ सिट जितेको छ । जहाँ बीआरएसले ३९ सिट, भाजपाले ८ सिट र असदुद्दीन ओवैसीको एआईएमआईएमले ७ सिट प्राप्त गरेको छ ।

प्रकाशित मितिः २०८० मंसिर १८ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय