अपाङ्गता भएका व्यक्तिहरुलाई पाटन दरबार क्षेत्रको अवलोकन

भक्तपुर न्यूज

१७ मंसिर २०८० १०:००

अपाङ्गता भएका व्यक्तिहरुलाई पाटन दरबार क्षेत्रको अवलोकन

काठमाडौं । ललितपुर महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई पाटन दरबार क्षेत्रको अवलोकन गराएको छ । आइतबार अपाङ्गता भएका व्यक्तिको ३२औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित र्‍यालीसहित विश्व सम्पदा सूचीमा समावेश भएको पाटन दरबारको अवलोकन गराएको हो ।

त्यसअघि र्‍यालीको समापन कार्यक्रममा विगतदेखि नै अपाङ्गता भएका व्यक्तिका लागि केही नयाँ काम गरेको र यहि क्रममा अपाङ्गता भएका व्यक्तिहरुलाई पाटन दरबारको अवलोकन गराएको महानगर प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए ।

उनले समस्या समाधानका लागि विचार गरेर नीति निर्माण गरी अगाडि बढाइने भन्दै अपाङ्गता भएकाहरुको कठिन जीवनयापनलाई सहज बनाइने बताए ।

प्रकाशित मितिः २०८० मंसिर १७ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय