राष्ट्र बैंकले १६ अर्ब ४ करोडको आन्तरिक ऋण नवीकरण गर्ने

भक्तपुर न्यूज

१७ मंसिर २०८० ८:३६

राष्ट्र बैंकले १६ अर्ब ४ करोडको आन्तरिक ऋण नवीकरण गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले १६ अर्ब ४ करोड रुपैयाँ बढीको आन्तरिक ऋण नवीकरण गर्ने भएको छ। केन्द्रीय बैंक यसअघि ट्रेजरी बिलमार्फत उठाएको १४ अर्ब ४ करोड ५० लाख रुपैयाँको आन्तरिक ऋण नवीकरण गर्ने भएको हो। राष्ट्र बैंकले मंसिर १९ गते जारी हुने ९१ दिने र १८२ दिने ट्रेजरी बिल नवीकरण गर्नेछ।

९१ दिनका लागि ६ अर्ब ४ करोड ५० लाख रुपैयाँ र १८२ दिनका लागि १० अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्नेछ। यी ट्रेजरी बिलको परिपक्व मिति क्रमशः फागुन २२ गते र २०८१ जेठ २२ गते रहेको छ।

यी ट्रेजरी बिलको भोलि दिउँसो २ बजे बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

प्रकाशित मितिः २०८० मंसिर १७ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय