त्रिभुवन विमानस्थलभित्र यात्रुको ह्यान्डब्यागमा आगो लागेपछि…

भक्तपुर न्यूज

१७ मंसिर २०८० ८:२३

त्रिभुवन विमानस्थलभित्र यात्रुको ह्यान्डब्यागमा आगो लागेपछि…

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एक यात्रुको ह्याण्डब्यागमा आगो लागेको छ । बोर्डिङ पास लिएर विमानमा चढ्नुभन्दा अगाडि प्रतिक्षालयमा बसिरहेका यात्रुको ह्याण्डब्यागमा आगो लागेको थियो ।

एयर चाइनाको जहाजबाट चीन जान लागेका यात्रुको ह्याण्डब्यागमा आगो लागेको र आगो तत्काल निभाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुभाष साहले जानकारी दिए ।

प्रवक्ता साहका अनुसार ती यात्रुले पिठ्युँमा झोला बोकेका थिए । त्यही ब्यागभित्र रहेको पावरब्यांकमा जोडेर आइप्याड चलाइरहेका थिए । आइप्याड चलाइरहेको बेला पावरब्यांक पड्किएर झोलामा आगो लागेको थियो । ड्युटीमा रहेका प्रहरी र विमानस्थलका कर्मचारीहरुले तत्काल आगो नियन्त्रणमा लिएका थिए ।

विमानमा चढ्दा पावरब्यांक लगेजमा राख्न दिइँदैन । ह्याण्ड ब्यागमा राख्न भने पाइन्छ । अहिले ती यात्रु सकुशल छन् । विमानस्थलको अवस्था पनि सामान्य छ । भौतिक क्षति केही पनि भएको छैन ।

२०७६ माघ २७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलको प्रस्थानतर्फको यात्रु प्रतिक्षालय क्षेत्रमा रहेको एक कफीसपमा आगलागी भएको थियो । त्यतिबेलाको आगो ठूलो भएकाले विमानस्थल पूर्णरुपमा बन्द भएको थियो ।

प्रकाशित मितिः २०८० मंसिर १७ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय