राष्ट्र बैंकले बजारबाट १० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने

भक्तपुर न्यूज

१७ मंसिर २०८० ७:४९

राष्ट्र बैंकले बजारबाट १० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट १० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले एक हप्ते अवधिका लागि सार्वजनिक बोलकबोल मार्फत रकम संकलन गर्न लागेको हो ।

उक्त निक्षेप आगामी मंसिर २४ गते परिपक्व हुनेछ । क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आइतबार अपरान्ह २ बजेसम्म आवेदन दिन सक्ने केन्द्रीय बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

इच्छुक आवेदकले प्रस्तावित ब्याजदर सहित घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आवेदन दिन सक्नेछन । उक्त निक्षेप संकलनका लागि न्यूनतम ब्याजदर बोलकबोल मार्फत तय हुनेछ । बहुब्याजदरमा बहुबोलकबोल पनि गर्न सकिने छ ।

अहिले बजारमा ५ खर्ब रुपैयाँ अधिक लगानीयोग्य रकम तरलता रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मितिः २०८० मंसिर १७ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय