‘रिमै’मा दयाहाङसँग देखिँदै रिश्मा

भक्तपुर न्यूज

१७ मंसिर २०८० ७:४३

‘रिमै’मा दयाहाङसँग देखिँदै रिश्मा

काठमाडौं । हिट फिल्म ‘कबड्डी’ अभिनयपछि चर्चामा रहेकी अभिनेत्री रिस्मा गुरुङ पुन: एक पटक फेरि अभिनेता दयाहाङको जोडीको रूपमा देखिने भएकी छन् । उनी दयाहाङको जोडीको रूपमा फिल्म ‘रिमै’मा देखिने भएकी हुन् ।

गोरख सिरानचोक एन्ड लिगलिग कोट फिल्मस् प्रालिको व्यानरमा बन्ने फिल्म खिल बहादुर गुरुङले निर्देशन गर्न लागेका हुन् । फिल्ममा दयाहाङ र रिस्माका अलावा विरबल घलेको पनि मुख्य भूमिका रहनेछ ।

उपेन्द्र सुब्बाको पटकथा लेखन रहने फिल्म गुरुङ र अभिनेता घलेले लेखेका हुन् । फिल्मको छायाङ्कन चैत्रबाट सुरु हुने बताइएको छ । फिल्मको वितरण आरआर फिल्मस्ले गर्दैछ ।

प्रकाशित मितिः २०८० मंसिर १७ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय