एमालेको ‘झुलाघाट-चिवाभञ्ज्याङ यात्रा’ आज कर्णाली प्रदेश प्रवेश गर्ने
काठमाडौं । नेकपा एमालेको झुलाघाट-चिवाभञ्ज्याङ यात्राको आज चौथो दिन । एमाले अध्यक्ष केपी शर्मा ओलीले यात्रा आज कर्णाली प्रदेशको दैलेख प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुमा लेख्दै ओलीले तीन दिनसम्म सुदूरपश्चिम प्रदेशको तीन सय ५ किलोमीटर यात्रा पूरा गरेको जानकारी दिए ।
बिहीबार नेकपा एमाले अध्यक्ष ओलीले बैतडीको झुलाघाटबाट अभियानको शुभारम्भ गरेका थिए । यो अभियानलाई नेकपा एमालेले ‘संकल्पको यात्रा’ नाम दिएको छ ।
प्रकाशित मितिः २०८० मंसिर १७ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
