टोपबहादुर रायमाझी र टेकनारायण पाण्डेलाई थुनामै राख्ने अदालतको आदेश सदर
काठमाडौं । उच्च अदालत पाटनले टोपबहादुर रायमाझी, इन्द्रजित राई र टेकनारायण पाण्डे लगायतलाई थुनामै राख्ने आदेश सदर गरेको छ। उनीहरुले धरौटीमा छाड्न दिएको निवेदनलाई इन्कार गर्दै थुनामै राखेर अनुसन्धान गर्ने जिल्ला अदालत काठमाडौंको आदेश सदर गरेको हो।
थुनामै राख्न आदेश दिएकोमा रायमाझी, पाण्डे, इन्द्रजित राई, आङ्टावा शेर्पा, केशव दुलाल र टेकनारायण पाण्डे रहेका छन्। उनीहरुले आफूलाई धरौटीमा छाड्नुपर्ने दाबी गर्दै जिल्ला अदालत काठमाडौंको आदेशबिरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेका थिए।
प्रकाशित मितिः २०८० मंसिर १५ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
