विश्वकप लिग-२ : नेपालले नेदरल्याण्ड्स र नामिबियासँग सिरिज खेल्ने

भक्तपुर न्यूज

१५ मंसिर २०८० ९:५९

विश्वकप लिग-२ : नेपालले नेदरल्याण्ड्स र नामिबियासँग सिरिज खेल्ने

काठमाडौं ।  आईसीसी क्रिकेट वर्ल्डकप लिग टूको पहिलो सिरिज नेपालमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार ५ फागुनबाट काठमाडौंमा हुने पहिलो सिरिज खेल्न नेदरल्याण्ड्स र नामिबिया नेपालमा आउने छन् ।

लिग टूको यो दोस्रो संकरण हो, जुन २०२७ सम्म चल्नेछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का अनुसार यो संस्करणमा ८ देश सहभागी हुनेछन् । पहिलो संकरणमा ७ टिम मात्र थिए ।

सुपर लिगमा पुछार (१३औं स्थान) मा रहेको नेदरल्याण्ड्सलाई थपिएको छ । त्यही नेदरल्याण्ड्स पहिलो सिरिजमै नेपाल आउने छ । ‘लिगमा हरेक खेल महत्वपूर्ण हुन्छ । त्यसमाथि विश्वकप खेलेको नेदरल्याण्ड्स नै आउने भएपछि हामी सबै उत्साहित छौं,’ क्यानका सचिव पारस खड्काले भने ।

डिफेण्डिङ च्याम्पियन स्कटल्याण्ड, ओमान, नेपाल, नामिबिया र अमेरिका लिग टूमा कायमै रहेका टिम हुन् भने क्यानडा र यूएई क्वालिफायर प्ले अफबाट आएका हुन् ।

प्रकाशित मितिः २०८० मंसिर १५ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय