आफ्नै नेतृत्वमा ‘सरकार’ घोषणा गर्ने तयारीमा दुर्गा प्रसाईं

भक्तपुर न्यूज

१५ मंसिर २०८० ८:३७

आफ्नै नेतृत्वमा ‘सरकार’ घोषणा गर्ने तयारीमा दुर्गा प्रसाईं

काठमाडौं । दुर्गा प्रसाईंले आफ्नै नेतृत्वमा ‘सरकार’ घोषणा गर्ने तयारी गरेका छन्। ‘नागरिक सरकार’ले पुराना दलविरुद्ध कार्यक्रम गर्ने छ।

गत मंसिर ७ गते सुरु भएको प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’को काठमाडौं केन्द्रित कार्यक्रम सकिएको छ। ‘नागरिक सरकार’लाई वडादेखि जिल्ला हुँदै केन्द्रसम्म पुर्‍याउने समूहले जनाएको छ।

अभियानको अध्यक्ष मण्डलका सदस्य हरि कार्कीले दिएको जानकारीअनुसार, नागिरक सरकारको प्रमुखमा प्रसाईं रहने छन्। मन्त्रिमण्डलमा को-को रहने भन्नेबारे गृहकार्य भइरहेको उनले बताए।

प्रकाशित मितिः २०८० मंसिर १५ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय