श्री एयरलाइन्सको काठमाडौं–सुर्खेत नियमित उडान सुरु

भक्तपुर न्यूज

१५ मंसिर २०८० ७:०५

श्री एयरलाइन्सको काठमाडौं–सुर्खेत नियमित उडान सुरु

काठमाडौं । निजी हवाई सेवा कम्पनीले श्री एयरलाइन्सले शुक्रबारदेखि काठमाडौं–सुर्खेत नियमित उडान सुरु गरेको छ । एयरलाइन्सको क्यू ४००–८ जहाजले ७१ जना प्यासेन्जरसहित काठमाडौंबाट सुर्खेत पहिलो उडान भरेर नियमित उडानको सुरुवात गरेको हो ।

एयरलाइन्सको बिहान ७ः१५ उडान तालिका रहे पनि सुर्खेतको मौसमका कारण ढिला गरी १०ः२५ मा मात्र जहाज उडेको श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले रातोपाटीलाई जानकारी दिए । लगत्तै उता सुर्खेतबाट जहाज ६४ जना यात्रु बोकेर ११ बजे काठमाडौँ उडेको थियो । जहाज ११ः४६ मा त्रिभुवन विमानस्थल अवतरण गरेको प्रवक्ता मानन्धरको भनाइ छ ।

श्री एयरलाइन्सले लामो परीक्षण पश्चात् गत हप्ता नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट काठमाडौँ–सुर्खेत उडानको अनुमति पाएको थियो । योसँगै एयरलाइन्सले अब दैनिक रूपमा काठमाडौँ–सुर्खेत उडान भर्ने जनाएको छ । यसले कर्णाली प्रदेशको यातायात सुविधामा थप सहजता प्रदान गर्ने कम्पनीले बताएको छ ।

प्रकाशित मितिः २०८० मंसिर १५ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय