डोल्पामै थन्किए ११ कक्षाका उत्तरपुस्तिका

भक्तपुर न्यूज

२६ असार २०७४ ५:५०

डोल्पामै थन्किए ११ कक्षाका उत्तरपुस्तिका

डोल्पा, २६ असार । । राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइएको कक्षा ११ को उत्तरपुस्तिकाहरु १६ दिनदेखि डोल्पामै थन्किएका छन् ।जिल्लाको आदर्श मावि जुफाल र सरस्वती मावि दुनै सेन्टरबाट लिइएको परीक्षाका उत्तरपुस्तिकाहरु जिल्लामै थन्किएका हुन् । क्षेत्रीय परीक्षा बोर्डको कार्यालय कोहोलपुरमा उत्तरपुस्तिका परीक्षणको लागि लैजानु पर्ने भएपनि डोल्पामा यातायातको कुनै पनि साधन नभएपछि जिल्लामै थन्किएको जिल्ला शिक्षा कार्यलय डोल्पाले जनाएको छ ।

गत असार १ देखि परीक्षा सुरु भएर १० असारमा सम्पन्न हुने वित्तिकै कोहोलपुर लैजाने तयारी भएपनि यातायातको एकमात्र बिकल्प हवाई यातायात बन्द भएकोले लैजान नसकिएको जिल्ला शिक्षा अधिकारी रामराजा खकुरेलले जानकारी दिए । साथै सुरक्षा तथा जोखिमका दृष्टिकोणले पैदलमार्गबाट समेत लैजान समस्या भएकाले लैजान नसकिएको उनको भनाइ छ ।

उत्तरपुस्तिका लैजानको लागि क्षेत्रीय परीक्षा बोर्डको कार्यालयबाट कर्मचारी आईसकेको र पैदल मार्गबाटै लिनु बाहेक बिकल्प नभएकाले उनले बताए । अब जुम्ला हुँदै लैजाने कि रुकुम जाजरकोट हँुदै लैजाने भन्ने बिषयमा छलफल भइरहेको खकुरेलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *