एनएसएलमा आज धनगढी एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा

भक्तपुर न्यूज

१४ मंसिर २०८० ५:५४

एनएसएलमा आज धनगढी एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज धनगढी एफसी र बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे सुरु हुनेछ ।

आजको खेलमा धनगढी दोस्रो जितको खोजीमा रहँदा बुटवल लुम्बिनी पहिलो जित निकाल्ने योजनामा रहेको छ । जारी लिगमा धनगढी तीन अंकका साथ चौथो स्थानमा रहेको छ भने अंकविहीन रहेको बुटवल लुम्बिनी पुछारमा छ ।

धनगढीले आफ्नो पहिलो खेलमा वीरगञ्ज युनाइटेडलाई पराजित गरेको थियो भने बुटवल ललितपुर सिटी एफसीसँग पराजित भएको थियो ।

प्रकाशित मितिः २०८० मंसिर १४ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय