बाघको छालासहित ८ जना पक्राउ
काठमाडौं, २६ असार । राजधानीको बौद्धबाट बाघको छालासहित ८ जना पक्राउ परेका छन् । बाघको छाला विक्रि गर्न मोलमोलाई गरिरहेको अवसथामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा प्रेम तामाङ, सुरेन तामाङ, राजु सुनुवार,धन बहादुर लामा, सञ्जय लामा, अमर तामाङ, प्रेम लामा र छिरिङ शेर्पा रहेका छन् । उनीहरुलाई प्रहरीको नियन्त्रणमा राखि थप अनुसन्धान अघि बढाईएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
