आफ्नै कमजोरीले कांग्रेस दोस्रो : नेता महत

भक्तपुर न्यूज

२५ असार २०७४ ९:३५

आफ्नै कमजोरीले कांग्रेस दोस्रो : नेता महत

भक्तपुर, २५ असार । नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. प्रकाश शरण महतले स्थानिय तहको निर्वाचनमा आफ्नै कमजोरीका कारण काँग्रेस दोस्रो भएको वताएका छन् ।
शहिद भरत गोपाल झाको ७८ औं जन्म जयन्ती तथा उनको जेल डायरी उहि झा नामक पुस्तकको आज लोकार्पाण गर्दै नेता महतले पार्टी भित्रको अन्तरद्वन्द्वलाई सम्हाल्न नसक्दा आफ्नो पार्टी दोस्रो स्थानमा चित्त बुझाउन परेको भन्दै अवका दिनमा पनि यस्तो कमजोरी रहेमा पार्टीलाई ठुलो धक्का पुग्ने वताए ।
उनले स्थानिय निर्वाचनमा दोस्रो भयौं होला तर आफ्नो जिम्मेवारी र कर्तब्यबाट भने हामी कहिलेपनि विमुख नहुने वताए ।
कार्यक्रममा भक्तपुर क्षेत्र नं २ का सभासद रामेश्वर प्रसाद ढुंगेल , पुर्व जिल्ला सभापती तिलक कायस्थ, राम वहादुर ठकुरी लगायतका वक्ताले स्वर्गिय झाको सम्झना गर्दै उनको योगदानका विषयमा चर्चा गरेका थिए ।
यस्तै कार्यक्रममा जिल्ला सभापती दुर्लभ थापा, क्षेत्रिय सभापतीहरु जिवन खत्री, नारायण खायमली, नेपाली काँग्रेसका नेता तथा झाका परम मित्र गोविन्द जोशी, मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख अन्जना मधिकर्मी, नेत्री रजनी जोन्छे लगायतका वक्ताले भरत गोपाल झालाई सरकारले नै शहिद घोषणा गर्नु पर्नेमा जोड दिए । कार्यक्रमको सभापतीत्व स्वर्गिय झाकी धर्म पत्नी शारदा झाले गरेकी थियन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *