सभामुख घिमिरेले विषयगत समितिका सभापतिसँग छलफल गर्दै

भक्तपुर न्यूज

११ मंसिर २०८० ७:२८

सभामुख घिमिरेले विषयगत समितिका सभापतिसँग छलफल गर्दै

काठमाडौं । संसदीय कामकारबाही र संसदीय समितिका गतिविधिका विषयमा सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरुसँग छलफल गर्दैछन् । सभामुखको प्रेस सल्लाहकारमा शेखर अधिकारीका अनुसार प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिको हलमा छलफल जारी छ ।

बैठकमा समितिका कामकारबाहीका विषयका साथै समितिमा विचाराधीन विधेयकहरुका सम्बन्धमा छलफल हुनेछ । सभामुख र संसदीय समितिका सभापतिहरुबीच यसअघि भदौ १३ गते छलफल भएको थियो ।

सार्वजनिक लेखा समिति सभापतिमा ऋषिकेश पोखरेल, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमाका भानुभक्त जोशी, पूर्वाधार विकास समिति सभापतिमा दीपकबहादुर सिंह, अर्थ समितिको सभापतिमा सन्तोष चालिसे, राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा रामहरि खतिवडा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा डा.आरजु राणा देउवा र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा अब्दुल खान छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा राजकिशोर यादव, कानुन, न्याय तथा मानवअधिकार समितिमा विमला सुवेदी, महिला तथा सामाजिक मामिला समितिमा एमालेका किरणकुमार साह, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति भानुभक्त जोशी र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादव छन् ।

प्रकाशित मितिः २०८० मंसिर ११ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय