बेलायत जान ७१ जना नर्स अन्तर्वार्ताका लागि छनोट

भक्तपुर न्यूज

११ मंसिर २०८० ७:०६

बेलायत जान ७१ जना नर्स अन्तर्वार्ताका लागि छनोट

काठमाडौं । वैदेशिक रोजगार विभागले रोजगारीका लागि बेलायत जाने ७१ जना नर्सको नाम छनोट गरेको छ। नेपाल र बेलायतबीच नेपालबाट नर्स बेलायत लैजाने सहमति भएअनुसार अन्तरवार्ताका लागि ७१ जना नर्स छनोट भएका हुन्।

गएको साउनमा बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली नर्सलाई रोजगारी दिनेसम्बन्धमा जारी भएको सूचनाबमोजिम विभागको अनलाइन पोर्टलमार्फत ७७१ जना नर्सले आवेदन दिएका थिए। विभागले तीमध्ये ७१ जनालाई अन्तरवार्ताका लागि छनोट गरिएको जनाएको छ। छनोट भएका नर्सहरुको अन्तरवार्ता यही मंसिर १८ गते (डिसेम्बर ४ मा) हुने विभागले जनाएको छ।

बेलायतमा काम गर्न जान कम्तीमा २ वर्ष काम गरेको अनुभव र अङ्ग्रेजी भाषामा दक्खल भएको, कम्तीमा ३ वर्षको नर्सिङ कोर्स पीसीएल नर्सिङ वा बीएनसरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने प्रावधान थियो।

अन्तर्वार्ताका लागि छनोट भएका ७१ जना नर्स

uk nurse1.jpguk nurse2.jpguk nurse3.jpguk nurse4.jpg


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय