‘शो’ को सेटमै अचेत भए कपिल शर्मा, अस्पतालमा उपचार हुँदै
एजेन्सी, २५ असार । ‘द कपिल शर्मा शो’ का क्रममा कमेडियन कपिल शर्मा बेहोश भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।
उनको अहिले अस्पतालमा उपचार भइरहेको पारिवारीक स्रोतलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । शुक्रबार कपिलको ‘शो’ मा शाहरुख खान र अनुष्का शर्मा आफ्नो चलचित्र जब हैरी मेट सेजक को प्रमोशनका लागि जादै थिएर तर उनीहरु ‘शो’ मा पुग्नु पहिले नै कपिलको स्वास्थ्यमा समस्या देखिएपछि तुरुन्त अस्पताल भर्ना गरिएको थियो ।
तनावका कारण उनको स्वास्थ्यमा समस्या भएको बताइएको छ । केही हप्ता पहिले पनि उच्च रक्तचाप र सुगरका कारण कपिल अस्पताल भर्ना भएका थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
